गजल

सुरो एकलव्य


सुरो एकलव्य कहासम्मको

उसको गन्तव्य कहासम्मको


बालाइ आश्रम छाडेर आउने 

तिम्रो कर्तव्य कहासम्मको


तिम्रो बोली कहिले पुग्दैन

फाल्तु मन्तव्य कहासम्मको


बा मर्या हुन या छोरा जन्म्यो

यतिको भव्य कहासम्मको

✍️अजय विश्वकर्मा \'सीमान्त\'

बर्दिया