मेरा बाका जस्तै
✍️अजय बिश्वकर्मा \"सीमान्त\"
बर्दिया
उसको हत्केला मेरा बाका जस्तै
हातभरीको ठेला मेरा बाका जस्तैभयो मेरो कथा सुनाउदिन तिम्लाइ
सुने आँसु चुहेला मेरा बाका जस्तै
तिम्रा सपना पनि त उस्तै नै छन
टाला टुलि बाटुला मेरा बाका जस्तै
आउ बस मुटुमै मुटु पनि देश हो
छ प्रवेश खुला मेरा बाका जस्तै
न झिक्न सकियो न भाच्न नै
गरिबीको किला मेरा बाका जस्तै

0 Comments