केही मुक्तकहरु
✍️अजय बिश्वकर्मा
(१)अरे! कतिका बगे खुन गन्नै बिर्सिए
त्यो त भगवान जानुन गन्नै बिर्सिए
एकदिन तारा गन्दा गन्दै यसो भन्ने छौ
थुक्क आकाशको जुन गन्नै बिर्सिए
(२)
कमजोर त्यो खेतको आलि भएको छ
मक्किएको भत्किएको पाली भएको छ
तिमी टाढा छौ म एक्लो भा´छु यता
तिमी बिना यहाँ खाली खाली भएको छ
(३)
एकदिन दुईदिन गर्दै मिति जान्छ सानू
थैलो न हो जिन्दगी बिति जान्छ सानू
माया लाउने भए आजै लाई हाल हेर
जिन्दगी त यसै यसै बिति जान्छ सानु
✍️अजय बिश्वकर्मा ` सीमान्त ´

0 Comments