------------------------------------------------------------------------------------
कविता
जन्मदिनको शुभकामना गुरुबा
जन्मदिनको शुभकामना गुरुबा🎂🎂
आदरणीय गुरुबा,
हजुरले पढाएको
अङ्कले रङ्ग ल्याएको छ
मेरो जिबनमा
यो भुइँमान्छेलाई
टपक्क उठाएर शिरमा
राख्नुभयो
अनि त्यो दिलमा राख्नुभयो
हजुरको सिकाइमा
न कर लाग्यो
न बिनिमय नै गर्नुभयो
मसङ्ग केही
गुरुबा,
हजुरको गुरुत्वले
च्यापेको छ मलाई
गुरुबा
हजुरको जन्मदिन
सकेन केही दिन
यो दिनले
यो सानो किरिङ मिरिङ अक्षर
अनि
यो नमिलेको कविता
र सस्तो लाखौं लाख
शुभकामना बाहेक
गुरुबा,
हजुरको जिबनमा
खुसिको अभिवृद्धि होस
जिबनसङ्ग सम्झौता
गर्नु नपरोस्
न गर्नुपरोस दु:खसङ्ग
सुखको बिनिमय
सुखले हजुरलाई
अर्ध बार्षिक चक्रिय ब्याज
तिरोस
दुखको पिडाको सरलीकरण होस
यो सानो भुइँमान्छेको
शुभकामना छ गुरुबा
स्वीकार गरिदिनु है
जन्मदिनको लाखौं लाख
शुभकामना गुरुबा
@HappyBirthdayToUSir🙇
नोट:-गणित शिक्षक मुन बहादुर रोकायज्यु प्रती समर्पित
- --------------------------------------------------------------------------------------------

1 Comments
Happy birthday sirMany many happy returns of the day
ReplyDelete